कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सिमकोटमा छुटमा चामल

कान्तिपुर संवाददाता

हुम्ला — हुम्ला सदरमुकाम सिमकोटमा पहिलोपल्ट सुपथ मूल्य पसल सञ्चालन गरी छुटमा चामल बिक्री गर्न थालिएको छ । दसैं–तिहारलगायतका चाडपर्वलाई लक्षित गरी पहिलोपल्ट छुटमा चामल बिक्री गर्न लागिएको हो ।

सिमकोटमा छुटमा चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिक्विन्टल ५ सय रुपैयाँ छुटमा चामल बिक्री गर्ने गरी पसल सञ्चालनमा ल्याएको हो ।

विगत वर्षमा दसैंतिहारको समयमा चामलको अभाव हुँदा हुम्लामा सुपथ मूल्य पसल सञ्चालनमा आउन सकेको थिएन । केन्द्रबाट २ हजार ३ सय क्विन्टल चामलमा छुट दिने गरी पसल सञ्चालन गर्न अनुमति पाइएको कम्पनीका शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । उनका अनुसार कम्पनीले २५ र ३० केजी बोरामा चामल बिक्री गरिरहेको छ । कम्पनीले २५ र ३० किलोका एक बोरा चामलमा १ सय २५ र एक क्विन्टल चामलमा ५ सय रुपैयाँ छुट दिइने जनाएको छ ।

अन्य डिपो तथा बिक्री केन्द्रहरूमा भने स्थायी कर्मचारी नभएकाले सुपथ मूल्य पसल सञ्चालन हुने छैनन् । सदरमुकामबाहिरका डिपोहरूमा भने अहिले चामलको मौज्दात छैन । ढुवानी समस्याका कारण नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताजाकोटका ८ डिपोमा चामल सकिएको छ ।

प्रकाशित : आश्विन ११, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?