कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोटमा भरुवा बन्दुकसहित एक पक्राउ

जाजरकोट — जाजरकोटका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । भेरी नगरपालिका ६ भेरे निवासी ५५ वर्षीय रगवीर घर्तीलाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

जाजरकोटमा भरुवा बन्दुकसहित एक पक्राउ

एकनाले भरुवा बन्दुक बोकेर जंगलमा सिकार खेल्न हिँडेका घर्तीलाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । घर्तीलाई अदालतबाट म्याद थपेर अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

उनलाई अवैध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाईने थापाले बताए । यसअघि पनि प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ५ थान अवैध भरुवा बन्दुक बरामद गरेको थियो ।

प्रकाशित : आश्विन ८, २०७८ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?