कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

क्विन्टल चामलमा ५ सय छुट

रुकुम पश्चिम — दसैं–तिहारलाई लक्षित गरी साविकको मूल्यभन्दा ५ सय रुपैयाँ सस्तोमा चामल बिक्री गर्न लागिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट चामल खरिद गर्नेहरूले प्रतिक्विन्टल ५ सय रुपैयाँ सस्तोमा चामल पाइरहेको छन् । 

क्विन्टल चामलमा ५ सय छुट

कम्पनीमा अहिले २ किसिमको चामल बिक्री भइरहेको छ । अरुवा मोटो र अरुवा सोना मन्सुली चामल किन्ने ग्राहकलाई क्विन्टलमा ५ सय रुपैयाँ छुट दिइरहेको कम्पनीका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार यसअघि प्रतिक्विन्टल ४ हजार ६ सयमा बिक्री भइरहेको अरुवा मोटो चामल अहिले ४ हजार १ सय रुपैयाँमा बिक्री भइरहेको छ । ४ हजार ८ सय पर्ने चामल ४ हजार ३ सय रुपैयाँमा उपभोक्ताले पाइरहेका छन् । चाडपर्व लक्षित सुपथ पसलअन्तर्गत चामलमा छुट दिइएको उनले जानकारी दिए ।

शाखा कार्यालयमै सुपथ मूल्यको पसल सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले गोदाममा ५ सय क्विन्टल चामल मौज्दात छ । ‘दसैं, तिहार र छठलाई लक्षित गरी थप चामल पनि मगाइएको छ,’ उनले भने, ‘पछि आउने चामलमा पनि उपभोक्ताले यही नै छुट पाउनेछन् ।’ सुपथ मूल्यमा चामल पाएपछि उपभोक्ता खुसी छन् । मुसीकोट नगरपालिका–६ की मनकुमारी पुनले सस्तोमा चामल पाइएपछि विपन्न नागरिकलाई राहत भएको बताइन् । छुटसहितको चामल पाइएपछि चाडबाड मनाउन सजिलो भएको अर्का स्थानीय लक्ष्मण बुढाले बताए ।


प्रकाशित : आश्विन ६, २०७८ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?