रुकुमपश्‍चिममा एक क्विन्टल चामलमा ५ सय छुट- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुमपश्‍चिममा एक क्विन्टल चामलमा ५ सय छुट

‘सस्तोमा चामल पाइएपछि विपन्न नागरिकलाई राहत’
कान्तिपुर संवाददाता

रुकुम पश्चिम — दसैं–तिहारलाई लक्षित गरी साविकको मूल्यभन्दा ५ सय रुपैयाँ सस्तोमा चामल बिक्री गर्न लागिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट चामल खरिद गर्नेहरूले प्रतिक्विन्टल ५ सय रुपैयाँ सस्तोमा चामल पाइरहेको छन् ।

कम्पनीमा अहिले २ किसिमको चामल बिक्री भइरहेको छ । अरुवा मोटो र अरुवा सोना मन्सुली चामल किन्ने ग्राहकलाई क्विन्टलमा ५ सय रुपैयाँ छुट दिइरहेको कम्पनीका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार यसअघि प्रतिक्विन्टल ४ हजार ६ सयमा बिक्री भइरहेको अरुवा मोटो चामल अहिले ४ हजार १ सय रुपैयाँमा बिक्री भइरहेको छ । ४ हजार ८ सय पर्ने चामल ४ हजार ३ सय रुपैयाँमा उपभोक्ताले पाइरहेका छन् । चाडपर्व लक्षित सुपथ पसलअन्तर्गत चामलमा छुट दिइएको उनले जानकारी दिए ।

शाखा कार्यालयमै सुपथ मूल्यको पसल सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले गोदाममा ५ सय क्विन्टल चामल मौज्दात छ । ‘दसैं, तिहार र छठलाई लक्षित गरी थप चामल पनि मगाइएको छ,’ उनले भने, ‘पछि आउने चामलमा पनि उपभोक्ताले यही नै छुट पाउनेछन् ।’ सुपथ मूल्यमा चामल पाएपछि उपभोक्ता खुसी छन् । मुसीकोट नगरपालिका–६ की मनकुमारी पुनले सस्तोमा चामल पाइएपछि विपन्न नागरिकलाई राहत भएको बताइन् । छुटसहितको चामल पाइएपछि चाडबाड मनाउन सजिलो भएको अर्का स्थानीय लक्ष्मण बुढाले बताए ।

प्रकाशित : आश्विन ५, २०७८ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्

ओलीले गरेको विशेष केन्द्रीय कमिटी बैठक एमाले विभाजनको सुरुवात : नेपाल [राजनीतिक प्रस्तावको पूर्णपाठ]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गत फागुन २८ केपी शर्मा ओलीले गरेको विशेष केन्द्रीय कमिटीको बैठक एमाले विभाजनको सुरुवात बिन्दु भएको बताएका छन् ।

मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालले ओली माथि उक्त आरोप लागएका हुन् । 'उनले २०७७ फागुन २८ गते केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई खबरै नगरी पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धतिविपरीत ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक गरी नेकपा (एमाले) को नवौ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवशेनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा राख्ने, आफ्नो इच्छा अनुसारको संख्याको केन्द्रीय कमिटी बनाउनेजस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनको दिशामा धकेलिदिए' प्रतिवदेनमा भनिएको छ, 'वास्तवमा केपी ओली गुटको त्यही निर्णयबाट नेकपा (एमाले) को विभाजन सुरुभएको हो ।'

प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमाथि पाँच वटा समूह निर्माण गरेर छलफल सुरु भएको छ । बैठकमा सदस्यहरुले बुधबार आफ्नो धारणा राख्ने छन् ।

हेर्नुहोस् पूर्णपाठ

प्रकाशित : आश्विन ५, २०७८ १९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×