१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हाब्रेको छालासहित युवक पक्राउ

हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोटमा संरक्षित सूचीमा रहेको हाब्रेको छालासहित युवक पक्राउ परेका छन् । जिल्लाको बारेकोट–५ नायकवाडा बस्ने काले कामीको छोरा १९ वर्षीय लोकेश परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

हाब्रेको छालासहित युवक पक्राउ

हाब्रेको छाला बिक्री गर्न भनी नलगाड नगरपालिका–५ कालीमाटीस्थित होटलमा मोलमोलाई भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए ।

थापाका अनुसार होटल तथा सम्पूर्ण कोठा खानतलासी गर्ने क्रममा सो होटलको माथिल्लो तलाको २ नम्वर कोठाभित्र परियार र उनको साथमा रहेको झोला फेला परेको थियो । झोलाभित्र हाब्रे जस्तो देखिने जनावरको ४२ इन्च लम्बाई भएको ठूलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाई भएको सानो छाला एक थान फेला पारी सो छाला बरामद गरी परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारबारे थप अनुसन्धान कार्य भइरहेको र आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय खलंगा जाजरकोटसँग समन्वय भइरहेको प्रनाउ थापाले बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले विज्ञहरुद्वारा अध्ययन गराई वन्यजन्तु संरक्षण क्षेत्र बनाउन पर्ने सिफारिस गरे पनि सरकारले हालसम्म घोषणा गरेको छैन ।

प्रकाशित : आश्विन ३, २०७८ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?