कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोटमा मंगलबार अपरान्ह जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बारेकोटबाट खलंगातर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरको जिप नलगाड ५ को गेरेनी भीरमा दुघर्टना हुँदा दुई जनाको ज्यान गएको हो । दुघर्टनामा ५ जना घाइते भएका छन् ।

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

खारा-गेरेनी सडकखण्डको गेरेनी भन्ने ठाउँमा दुर्घटना हुँदा बारेकोट २ की ३२ वर्षीया शान्ति रोकाय र जुम्ला निवासी अन्दाजी ५५ वर्षीय मंगल महतारा भएको प्रहरीले जनाएको छ । घाइतेको इलाका स्वास्थ्य कार्यालय दल्लीमा उपचार भइरहेको छ ।

घाइते पाँचमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले बताए । स्थानीय बासिन्दा सम्मान रावलका अनुसार महतारा जाजरकोटमा जडिबुटी व्यापारीको रुपमा आएका थिए । जिप सडकमै पल्टिएको उनले बताए ।

जिपको ब्रेक फेल हुँदा खाल्डाखुल्डी सडकमा पल्टिएर दुर्घटना भएको प्रहरी प्रमुख थापाको भनाइ छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र २९, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?