२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पहिरोले सिमकोट अँध्यारोमा

छपाल लामा

हुम्ला — अविरल वर्षाका कारण आएको पहिरोले हिल्दुम साना जलविद्युत् आयोजनाको नहर भत्किएपछि सदरमुकाम सिमकोट अँध्यारो बनेको छ । बिहीबार बिहान गएको पहिरोले ‘फर्बे ट्यांकी’ नजिकको नहर बगाएपछि विद्युत् आपूर्ति बन्द भएको हो । 

पहिरोले सिमकोट अँध्यारोमा

विद्युत् आयोजनाका अनुसार पहिरोका कारण झन्डै ५ मिटर नहर भत्किएको छ । नहर भत्किएपछि कम्तिमा एक साताका लागि बिजुली गएको विद्युत् केन्द्रका प्रमुख साजन ऐडीले बताए । ‘फर्बे ट्यांकी नजिकै पहिरो गएकाले ठूलो क्षति भएको छ,’ उनले भने, ‘क्षतिको विवरण संकलनका लागि प्राविधिक खटाइएको छ ।’

उनका अनुसार ओभरफ्लो पाइप पनि पहिरोले बगाएपछि मर्मत गर्न कम्तीमा एक साता लाग्ने देखिएको हो । नहर मर्मतका लागि प्रहरी र सशस्त्र प्रहरी बलको सहयोग मागिएको केन्द्रले जनाएको छ । तर वर्षा जारी रहेकाले सुरक्षाकर्मी जान समस्या भएको ऐडीले बताए । केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकाका २ हजार ३ सय घरमा विद्युत् जडान गरेको छ ।


प्रकाशित : भाद्र २०, २०७८ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?