पाँच दिनदेखि बेपत्ता दुई जना पुरुष मृत फेला- कर्णाली - कान्तिपुर समाचार

पाँच दिनदेखि बेपत्ता दुई जना पुरुष मृत फेला

भीमबहादुर सिंह

जाजरकोट — पाँच दिनदेखि बेपत्ता दुई जना पुरुष मृत फेला परेका छन् । कुशे गाउँपालिका–५, दम्दालाका ४८ वर्षीय जीतबहादुर थापा र ५६ वर्षीय शाहिमल नेपाली मृत फेला परेका हुन् ।

घरदेखि आधा घण्टाको दुरीमा रहेको खेतमा धान गोड्न गएका उनीहरु गत साउन २४ गतेदेखि सम्पर्कविहीन भएका थिए । हराइरहेका थापा र नेपालीको खोजी गर्ने क्रममा शुक्रबार खेतदेखि २ सय मिटर तल खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।

खेतको कामबाट फर्किँदै गर्दा खोला तर्ने क्रममा बगेर मृत्यु भएको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । मृतकको शवको पोष्टमार्टमका लागि सदरमुकामस्थित जाजरकोट अस्पतालमा ल्याउन लागिएको उनले बताए । पाचकाटिया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगिसकेको उनले बताए । घटनास्थल सदरमुकामदेखि ३० किलोमिटर टाढा रहेको उनले बताए ।

प्रकाशित : श्रावण २९, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्

पेस्तोलसहित ३ जना पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले बिहीबार साँझ वीरगन्जबाट महानगरपालिका–१५ ब्रम्हचोकबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार ३ जना व्यक्तिहरु सानो हतियार बेचविखन गर्ने उद्देश्यले त्यहाँको एक होटेलमा बसिरहेका छन् भन्ने सूचना प्राप्त खटिएको प्रहरी टोली साँझ करिब साढे ५ बजे पुगेको थियो ।

३ जनाको खानतलासी लिँदा वीरगन्ज–१२ मुर्ली बस्ने ३५ वर्षीय अनिल साहको साथबाट एक थान पेस्तोल फेला परेको थियो ।

पक्राउ परेका अन्यमा पर्सा पकाहामैनपुर गाउँपालिका–७ का ४० वर्षीय विजयकुमार पटेल छन् । सुनसरी धरान नगरपालिका–१५ घर भएका ३२ वर्षीय रवि पौडेल छन् । उनीहरुलाई नियन्त्रणमा लिई हात हतियार सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए ।

प्रकाशित : श्रावण २९, २०७८ १७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×