ट्याक्टर सडकबाट खस्दा दुईको मृत्यु, तीनको अवस्था गम्भीर

विप्लव महर्जन

सल्यान — सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । कालीमाटी गाउँपालिका–४ चम्बुताराबाट स्थानीयको घर ढलानमा प्रयोग गरिएको मिक्स्चर बोकेर पुतलीबजार आउँदै गरेको रा१त ४०४२ नम्बरको ट्याक्टर मंगलबार राति दुर्घटनामा परेको हो ।

ट्याक्टर सडकबाट खस्दा दुईको मृत्यु, तीनको अवस्था गम्भीर

दुर्घटनामा कालीमाटी गाउँपालिका–३ का १९ वर्षीय टेक्टर चालक खुमबहादुर ओली र मिक्स्चरका सहयोगी २० वर्षीय यज्ञबहादुर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

उनका अनुसार मिक्स्चर चालक कालीमाटी–३ का जंगबहादुर श्रीस मगर, सहचालक वर्ष १७ का कमल विक र सहयोगी वर्ष २० का खुमबहादुर बस्नेत गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल तुलसीपुर लगिएको छ ।

घाइतेहरूको स्थानीय तथा प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । ट्याक्टर सडकबाट तल खसेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

प्रकाशित : श्रावण २७, २०७८ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?