कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वडाध्यक्षमाथि दुर्व्यवहार

कान्तिपुर संवाददाता

सल्यान — कालीमाटी गाउँपालिकाका मुख्यमन्त्री रोजगार कार्यक्रमका संयोजक सुवास बुढाथोकीले गाउँपालिका ६ का वडाध्यक्ष टेकराज पुलामी मगरमाथि दुर्व्यवहार गरेका छन् । बुढाथोकीले बिहीबार गाउँपालिकाको बैठकमा गालीगलौज गर्दै दुर्व्यवहार गरेका हुन् ।

मुख्यमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालित योजनामा काम गरेका मजदुरले ज्याला नपाएको र काम गरेअनुसार रकम भुक्तानी नभएपछि छिटो भुक्तानीका लागि बैठकमा उठाउँदा बुढाथोकीले सबैका सामु दुर्व्यवहार गरेका वडाध्यक्ष पुलामीले बताए । वडाध्यक्षमाथि दुर्व्यवहार भएको र यसले असुरक्षा बढाएको भन्दै माओवादी केन्द्रको कालीमाटी गाउँपालिका कमिटीले विरोध जनाएको छ ।

गाउँ कमिटी अध्यक्ष शालिकराम भट्टराईद्वारा जारी विज्ञप्तिमा जनप्रतिनिधिमाथि सार्वजनिक कार्यक्रममा दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाहीको माग गरेका छन् । गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले रोजगार संयोजकलाई स्पष्टीकरण सोधिएको बताए । संयोजक बुढाथोकीले भने आफूले दुर्व्यवहार नगरेको, बरु योजनाको बजेट समयमै भुक्तानी गर्ने विषयमा कुराकानी मात्र भएको बताए ।

प्रकाशित : श्रावण २४, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?