१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु

विप्लव महर्जन

सल्यान — कपुरकोट गाउँपालिकाको किमुचौरमा करेन्ट लागेर शारदा नगरपालिका–१४ माल्नेटाका  २५ वर्षीय विमल भण्डारीको मृत्यु भएको छ ।

रा १ ख २४२७ नम्बरको ट्रकमा तुलसीपुर लैजानका लागि लोड गरिएका मुढालाई डोरीले बाँध्नका लागि छतमा चढेका बेला बिजुलीको तारले सहचालक भण्डारीलाई शुक्रबार बेलुकी करेन्ट लागेको थियो ।

करेन्ट लागेर खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी गराएका छन् ।

भण्डारीको शव कपुरकोटस्थित स्वास्थ्यचौकीमा राखिएको छ । पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन मुचुल्का उठाउन शनिबार बिहान प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।


प्रकाशित : श्रावण १६, २०७८ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?