मुगुका सरकारी कार्यालय प्रमुखविहीन

राजबहादुर शाही

मुगु — जिल्लामा आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् ।

मुगुका सरकारी कार्यालय प्रमुखविहीन

असार मसान्त सकिएलगतै जिल्ला अदालत, वन डिभिजन, कृषि विकास, पूर्वाधार विकास, जिल्ला स्वास्थ्य सेवा, जिल्ला समन्वयलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् ।

कोही घर बिदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका छन् । प्रमुख हिँडेपछि कार्यालय सुनसान छन् । कार्यालयमा प्रमुख नहुादा सेवागाह्री मर्कामा परेका छन् । तल्लो दर्जाका कार्यालय सहायक खरिदारले कार्यालय खोल्ने र बन्द गर्ने गरेका छन् ।

साउनमा कार्यालय छोडेका प्रमुखले भदौमा जिल्ला भित्रिने गरेका छन् । करिब डेढ महिनासम्म मुगुका सरकारी कार्यालय कामविहीन हुने गरेका छन् ।

कार्यालय प्रमुखहरु जिल्ला छाड्दा प्रशासन कार्यालयको अनुमति लिनुपर्ने नियम भएपनि अधिकांश प्रमुख आफ्नै मनोमानी हिसाबले कार्यालय छोडने गरेका छन् ।

कार्यालय प्रमुखले जिल्ला छाड्दा अनिवार्य जिल्ला प्रशासनलाई जानकारी दिनुपर्ने नियम रहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीको भनाइ छ ।


प्रकाशित : श्रावण ११, २०७८ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?