जिल्ला अस्पतालमा एक्सरे रोकिँदा मर्कामा बिरामी

राजबहादुर शाही

मुगु — जिल्ला अस्पातलमा एक्सरे सेवा रोकिँदा उपचार प्रभावित भएको छ ।

जिल्ला अस्पतालमा एक्सरे रोकिँदा मर्कामा बिरामी

एक्सेर शाखाकी मञ्जु बोहोरा परीक्षा दिन जिल्ला कार्यालय छोडेर जिल्ला बाहिर गएकी र अर्का कर्मचारी रुपेश मल्लले चार महिनादेखि तलब नपाएको भन्दै काम गर्न छोडेपछि बिरामीले दुई दिनदेखि एक्सरे गर्न पाएका छैनन् ।

दुई दिनदेखि एक दर्जन बिरामी एक्सरेको पखाईमा बसेका छन् । टाढाबाट अस्पतालमा एक्सरे गर्न आएका बिरामी झन् अप्ठेरोमा परेका छन् । जिल्ला अस्पतालले पनि तत्काल एक्सरे शाखामा स्वास्थ्यकर्मीको व्यावस्था गर्न नसकेको बिरामीको गुनासो छ । एक्सरे शाखामा कार्यरत मञ्जु परीक्षा दिन गएकी र रुपेशले चार महिनादेखि तलब नपाएर काम गर्न छोडेपछि बिरामीलाई एक्सरे गर्न गाह्रो भएको निमित्त स्वास्थ्य सेवा व्यावस्थापक ज्ञानसिंह बुढाले बताए । अग्रिम जानकारी नदिएर मञ्जले कार्यालय छाड्दा बिरामीलाई एक्सरे गर्न कठिन भएको उनले बताए ।

बिरामीको एक्सरे सेवा प्रभावित नहोस् भन्ने हिसाबले पहल गरिरहेको उनको भनाइ छ । जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक करुणा भट्टराई शुक्रबार कार्यालय छोडेर घरतर्फ हिँडेपछि जिल्ला अस्पतालमा एक्सरे शाखा लगायत अन्य प्रशासनिक कामकाज समेत प्रभावित बनेको छ ।

प्रकाशित : श्रावण १०, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?