१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रदेशको खर्च ३३ प्रतिशत बढ्यो

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा ३३.३३ प्रतिशत बढी बजेट खर्च गरेको छ । सरकारले गत आवमा २२ अर्ब १० करोड ८६ लाख रुपैयाँ बजेट खर्च गरेको हो ।

प्रदेशको खर्च ३३ प्रतिशत बढ्यो

गत आर्थिक वर्षका लागि कर्णालीमा ३३ अर्ब ७४ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जुन कुल बजेटको ६५.५२ प्रतिशत हो । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षभन्दा गत वर्ष विकास बजेट बढी खर्च गरेको प्रदेश कोष नियन्त्रक मानबहादुर बमले बताए ।

उनका अनुसार पुँजीगततर्फको १९ अर्ब ६ करोड ९१ लाख बजेटमध्ये १३ अर्ब ५९ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ । यो पुँजीगततर्फको बजेटको ७१.२९ प्रतिशत हो । गत वर्ष चालुतर्फ १४ अर्ब ६७ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको कर्णाली सरकारले ८ अर्ब ५९ करोड ४४ लाख रुपैयाँ (५८.०२ प्रतिशत) खर्च गरेको छ । तर प्रदेश सरकारले गत आर्थिक वर्षको अन्त्यमा आएर मात्रै सबैभन्दा बढी बजेट खर्च गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार असारमा मात्रै बजेटको ३८.६१ प्रतिशत बजेट खर्च गरिएको हो । गत आवको ११ महिनामा (साउनदेखि जेठसम्म) ९ अर्ब ७ करोड ९२ लाख ६२ हजार रुपैयाँ बजेट खर्च भएको थियो । तर असारमा मात्रै १३ अर्ब २९ करोड ३३ लाख खर्च भएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारको ११ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बजेट फ्रिज भएको छ । जसमध्ये चालुतर्फ ६ अर्ब १५ करोड ८० लाख र पुँजीगततर्फ ५ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ फ्रिज गएको हो । गत आवमा सबैभन्दा बढी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २ अर्ब ७० करोड १८ लाखमध्ये ८२.१४ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यस्तै, ५ अर्ब २५ करोड बजेट रहेको सामाजिक विकास मन्त्रालयले ६६.७१, ११ अर्ब ३० करोड बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ६३.२५ र ४१ करोड ७६ लाख बजेट भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ७१.४५ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रकाशित : श्रावण ९, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?