कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

हेलिकप्टरबाट सुत्केरीको उद्धार 

विप्लव महर्जन

सल्यान — दुई दिनअघिमात्रै जिल्ला अस्पताल सल्यानमा शल्यक्रिया गरेकी सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

हेलिकप्टरबाट सुत्केरीको उद्धार 

शारदा नगरपालिका २ डाँडागाउँ बस्दै आएकी २० वर्षीया अर्चनाकुमारी यादवको शरीरमा एक्कासी अक्सिजनको कमी देखिएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो ।

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार कार्यविधि २०७५ अनुसार यादवलाई हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला अस्पताल सल्यानका ईन्चार्ज डा. भीमकान्त जैसीले बताए । कोरोना परीक्षण गर्दा नेगेटिभ आएकाले उनलाई फोक्सोसम्बन्धी रोग हुनसक्ने उनले जानकारी गराए ।

चोन्ना गाउँपालिका १ महोत्तरीकी यादवका श्रीमान् त्रिजमावि लुहापिङ्गमा पढाउँदै आएकाले उनी श्रीमानसँग सल्यान बस्दै आएकी थिइन् । जिल्ला अस्पतालमा आईसीयु र भेन्टिलेटरसमेत नभएकाले बाहिर पठाउनु परेको अस्पतालका ईन्चार्ज डा. जैसीले जानकारी गराए । सुत्केरी महिला यादवको अवस्था जटिल भएको र पर्याप्त स्रोत साधन नभएकाले सबैको सहकार्यमा कार्यविधि नुसार नै हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले बताइन् ।

प्रकाशित : श्रावण ७, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?