१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भाइले छाताको डन्डीले हिर्काउँदा दाइको मृत्यु

विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका ५ खैरागारमा सामान्य विवाद चल्दा भाइले छाताको डन्डीले हिर्काउँदा दाइको मृत्यु भएको छ । १२ वर्षीय भाईले छाताको डन्डीले हिर्काउँदा १३ वर्षीय दाइ सन्दिप परियारको मृत्यु भएको हो ।

छाताको डन्डीले हिर्काउँदा बाँया कानको माथि चोट लागेर गम्भिर घाइते भएका परियारको शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।

मृतकका १२ वर्षीय भाइलाई नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले बताए । सन्दिपका भाइ नाबालक भएकाले नाम नखुलाइएको प्रहरीले जनायो । सन्दिप भैरवी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए ।

प्रकाशित : श्रावण ६, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?