सल्यानमा टिपरका सहचालकको मृत्यु

विप्लव महर्जन

सल्यान — जिल्लाको कालीमाटी गाउँपालिकाको रामपुरमा टिपरले च्यापिएर सहचालकको मृत्यु भएको छ । टायर फेर्नका लागि रोकेर राखेको ना १ क ४६२५ नम्बरको टिपरले च्याप्दा कालिमाटी गाउँपालिका २ मेहलकुनाका वर्ष १९ का ज्ञानबहादुर ओलीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो । 

दाङ-कालीमाटी-सुर्खेत सडक खण्डमा काम गर्दै आएको कालिका कन्ट्रक्सनको टिपर ओट भासिएर गुडेपछि सहचालक ओली च्यापिएका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

ईलाका प्रहरी कार्यालय कालीमाटीबाट प्रहरी नायव निरीक्षक ओपेन्द्रकुमार शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटाइएको उनले जानकारी गराए । घटनाको थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।

प्रकाशित : श्रावण ६, २०७८ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?