कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लापरबाही गर्ने कर्मचारी हटाइए

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिकाले करार सेवामा कार्यरत इन्जिनियरलाई जागिरबाट हटाएको छ । इन्जिनियर रमेश साहलाई सेवाबाट हटाउने निर्णय गर्दै गाउँपालिकाले नयाँ इन्जिनियर भर्नाको सूचना निकालेको हो ।

कार्यपालिका बैठकले लेखापाल केशवप्रसाद ओलीलाई कारबाहीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा सिफारिस गरेको छ । रोजगार संयोजक समीर गौतम र प्राविधिक शाखामा कार्यरत सबइन्जिनियरलाई पनि स्पष्टीकरण सोधिएको गाउँपालिकाले जनाएको छ ।

दुई दिनसम्म भएको छलफलपछि कारबाहीस्वरूप इन्जिनियरको सेवा अवधि नथप्ने निर्णय भएको कार्यपालिकाका प्रवक्ता मनबहादुर केसीले बताए । ‘जुनजुन जिम्मेवारीका साथ उनीहरू काममा खटाइएका हुन्, त्यो सन्तोषजनक देखिएन,’ उनले भने, ‘यो निर्णयले सेवाप्रवाह चुस्त बनाउन सहयोग पुग्नेछ ।’ योजनाको डिजाइन र स्टमेट फेरेपछि इन्जिनियरको करार अवधि नथपिएको उनले जानकारी दिए ।

अरू प्राविधिकले पनि सन्तोषजनक काम नदेखिएपछि स्पष्टीकरण सोधिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार लेखापाल ओलीले निर्माण सम्पन्न भइसकेका योजनाको सम्पूर्ण प्रतिवेदन तयार हुँदा पनि योजनाको भुक्तानी रोकेका थिए । विभिन्न बहाना बनाएर लेखापालले झन्डै एक करोड रुपैयाँ बजेट फ्रिज गराएको प्रवक्ता केसीले बताए । ‘विभिन्न बहानामा योजनाको रकम काटिदिएपछि काम गरेकाहरूलाई समेत पारिश्रमिक दिन मुस्किल भयो,’ उनले भने, ‘६ महिना पहिले नै निर्माण भएका १, ३ र ८ नम्बर वडाको स्वास्थ्य भवनको बजेट पनि समयमै निकासा भएन ।’


प्रकाशित : श्रावण ६, २०७८ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?