कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

संसद् सक्रिय रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याइनु असंवैधानिक : एमाले

अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै कर्णाली सरकार
चाँदनी कठायत

वीरेन्द्रनगर — प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउनू असंवैधानिक कदम भएको ठहर गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत एमाले संसदीय दलले संसद् सक्रिय रहेको अवस्थामा गैरसंवैधानिक तरिकाबाट प्रदेश सरकारले बजेट ल्याउन लागेको ठहर गरेको हो । 

संसद् सक्रिय रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याइनु असंवैधानिक : एमाले

एमालेले पेश्की बजेट ल्याउन मिल्ने संवैधानिक व्यवस्थालाई कुल्चिएर प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउन खोजेको बताएको छ । असार १ गते सदनमा बजेट प्रस्तुत भएयता प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोधका कारण कर्णाली सरकारले अध्यादेशमार्फत बजेट ल्याउन खोजेको हो ।

संसदीय दलका नेता यामलाल कँडेलले संसद अवरुद्ध भइरहेको अवस्थामा सरकारले कूल बजेटको एक तिहाइ पेश्की बजेट ल्याएर खर्च गर्नुपर्ने बताए । उनले संसद् हुँदाहुँदै सरकारले अध्यादेशको प्रक्रियामा गएर संवैधानिक व्यवस्था विरुद्धको काम गरेको टिप्पणी गरे ।

नेता कँडेलले सरकार सुरुदेखि नै अध्यादेशबाट बजेट ल्याउने मनस्थितिमा रहेकोले आफूहरुले सदनमा राखेका राजनीतिक मुद्दाहरुको सम्बोधन गर्न नचाहेको उल्लेख गरे । सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने विषयमा चुकेकोले एमालेले सदन अवरुद्ध गर्नुपरेको उनको भनाइ छ ।

कर्णाली प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बुधबार रातिदेखि अन्त्य गरेर आज (बिहीबार) अध्यादेशमार्फत आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट ल्याउँदैछ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सिफारिसमा बजेट अधिवेशन अन्त्य गरिएको हो । प्रदेश प्रमुखको कार्यालयले संसद् अधिवेशन अन्त्य भएको सूचना पनि निकालिसकेको छ ।

प्रकाशित : असार ३१, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?