कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कालीकोटको शान्तिघाटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ४ घाइते

तुलाराम पाण्डे

कालीकोट — रास्कोटबाट जितेगडातर्फ आउँदै गरेको क १ ज २३ नम्बरको जिप बिहान ७ बजे शान्तिघाटको ओरालोमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सान्नी त्रिवेणी- ९ का चालक खेमराज केसीले चलाएको जिप ओरालोमा अनियन्त्रित भई पल्टिँदा रास्कोट-३ की ३५ वर्षीया पम्फा फडेराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीले बताए । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा रास्कोट-३ का २७ वर्षीय चक्रनाथ योगी, वडा नम्बर २ का ४७ वर्षीय कविराज न्यौपाने, वडा नम्बर ६ का ४० वर्षीय ध्वजबहादुर शाही र ३५ वर्षीया मैना शाही छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २२, २०७८ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?