कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कर्णाली प्रदेशसभामा प्रतिपक्षीको अवरोध

चाँदनी कठायत

वीरेन्द्रनगर — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबारको कर्णाली प्रदेशसभा बैठक अवरुद्ध पारेको छ । बैठकको सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले आफ्ना पार्टीका ३ जना मन्त्रीले राजीनामा दिनुपर्ने विषय उठाएपछि प्रतिपक्षी दल एमालेका सांसदले उठेर संसद् चल्न नदिएका हुन् ।

कर्णाली प्रदेशसभामा प्रतिपक्षीको अवरोध

सचेतक शाहले सर्वोच्चले सांसद पदमा पुनर्वहाली गरिदिएपछि उनीहरु एमालेका सांसद भएको भन्दै अब मन्त्री पदमा बस्न नमिल्ने बताए । ‘एमालेले सरकारलाई साथ दिएको भन्ने हल्ला छ,’ उनले भने, ‘सरकारलाई साथ दिने/नदिने भन्ने त पार्टीले गर्ने निर्णय हो कोही व्यक्तिको इच्छाले हुँदैन,’ उनले भने, ‘हामीले पहिलेदेखि नै माग गर्दै आएको विषय सुनुवाइ नभएकाले यो सदन अगाडि बढ्न सक्दैन ।’

एमालेले आफ्नो पार्टीले सरकारलाई साथ नदिएको भन्दै उनले एमाले पनि सरकारमा गएको भनेर बदनाम गरिरहेको सचेतक शाहले बताए । पहिले अर्कै परिस्थितबाट मन्त्री भएकाहरु अहिले परिस्थिति फेरिँदा पनि फेरि उही पदमा उनीहरुलाई सामेल गराइराख्न नमिल्ने उनको भनाइ छ । प्रतिपक्षी दल एमालेका सांसदहरुलाई बजेटको छलफल अगाडि बढाउन सभामुख राजबहादुर शाहीले आग्रह गरेका थिए । तर एमालेले आफ्नो अडान नछाडेपछि कर्णाली प्रदेशसभामा शुक्रबार पनि आगामी बजेटमाथिको छलफल सुरु हुन सकेन ।

प्रदेशसभाको बैठक आगामी आइतबार दिउँसो २ बजेसम्म स्थगित भएको छ ।

प्रकाशित : असार ११, २०७८ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?