१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

भारी वर्षाका कारण मुगुमा ८ घर भत्किए

राजबहादुर शाही

मुगु — भारी वर्षाका कारण जिल्लामा ८ वटा घर भत्किएका छन् । ११ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छायाँनाथ रारा नगरपालिकामा ४ वटा, सोरु र मुगुम कार्मारोङ गाउँपालिकामा २/२ वटा घर भारी वर्षाका कारण भत्किएका जिल्ल प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कमल शाहले जानकारी दिए । कार्मारोङमा ७ र सोरु गाउँपालिकामा ४ वटा घर उच्च जोखिममा रहेको उनले बताए ।

भत्किएको घरको कुल क्षति विवरण ३० लाख ७ हजार रहेको उनको भनाइ छ । वर्षाका कारण मुगुम कार्मारोङ गाउँपालिका–९ का ८४ जनाको पाखो जग्गामा लगाएको कोदो कागुनो बाली बाढीले सखाप पारेको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ ।

यसैबीच कार्मारोङ रिउस खोलाको काठे पुल बाढीले बगाएको छ । बाढीले पुल बगाउँदा स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ ।

प्रकाशित : असार ८, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?