१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पहिरोले एक सातादेखि कर्णाली करिडोर अवरुद्ध

तुलाराम पाण्डे

कालिकोट — पहिरोले कर्णाली करिडोर खुलालु-हुम्ला-सल्लीसल्ला सडक एकसातादेखि अवरुद्ध भएको छ । करिडोरको ठाउँठाउँमा भेल र पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।

पहिरोले एक सातादेखि कर्णाली करिडोर अवरुद्ध

कालीकोटको जितेदेखि सान्नीगाड खण्डमा व्यवसायी आफैंले यात्रुबाहक जीप चल्ने लिग बनाएपनि मालबाहक गाडी चल्नसक्ने अवस्था छैन । यहाँको भौरेकुना, रेगिंल, कोट, आमतडालगायतका ठाउँमा पहिरो गएको छ । त्यस्तै भात्तडी-भुराबगर-जारकोट खण्ड र बाजुरा खण्ड अवरुद्ध छ ।

वर्षाले खोला बढेपछि नेपाली सेनाले निर्माण गरेको फूगाड बेलिब्रिज गत वर्षको पहिरोले बगाएपछि गाडी र यात्रुआवत जावत गर्न पनि कठिन छ । करिडोरको ठाउँ ठाउँमा पहिरो गएकाले पहिरो हटाउन मेसिन नहुँदा समस्या भएको प्रजिअ कृष्णप्रसाद आचार्यले बताए ।

वर्षाले कालीकोटका सबैजसो ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक बेला बेलामा अवरुद्ध भए पनि सडक डिभिजन कार्यालय जुम्ला र खाडाचक्र नगरपालिकाले पहिरो हटाउँदै सुचारु गरिरहेको भए पनि स्थानीय तहले खनेका सडक अवरुद्ध छन् ।

वर्षाले यहाँका स्थानीय तहले खनेका सबैजसो ग्रामीण सडकमा पहिरो झरेको छ । डोजरले खनेका सडक पानीले गलाएपछि पहिरो खसेको हो । पहिरो नझेरेको ठाउँमा पनि हिलाम्मे भएकाले गाडी गुड्न सक्ने अवस्था छैन ।

वर्षाले थामकोट-बल्लेकाध हुँदै सालडाँडा जोड्ने सडक, शुभकालिकाको सेरिघाट-भर्ता र सुकाटिया जोड्ने सडक, नरहरिनाथको कोटवाडा कुमालगाउ सडक, सान्नी त्रिवेणीको सान्नीगाड-मेहेलमुडी, स्युना रास्कोट हुँदै मुम्रा सडक, आरसीपी बजार-फूकोट सडक, खाडाचक्रको पिली-पाखा सडक, तिलागुफाको बाली-छाप्रे, गाल्जे-जुविथालगायतका सडक पनि पहिरोले अवरुद्ध छ ।

प्रकाशित : असार ८, २०७८ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?