कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पहिरो हटाइएपछि राप्ती राजमार्ग पाँच दिनपछि खुल्यो

विप्लव महर्जन

सल्यान — लगातारको वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक पाँच दिनपछि खुलेको छ । प्रहरीको सक्रियतामा पहाडबाट खसेका पहिरो डोजर तथा स्काभेटरले पन्छाएपछि सञ्चालनमा आएको हो ।

पहिरो हटाइएपछि राप्ती राजमार्ग पाँच दिनपछि खुल्यो

कपुरकोट गाउँपालिका ३ दसरेमा गएको पहिरोले असार १ गतेदेखि सडक अवरुद्ध भएको थियो । सडक सञ्चालनमा आएपनि भारी वर्षा भए पुनः अवरुद्ध हुने सम्भावना यथावत रहेको बताइएको छ ।

पहिरो पन्छाएपछि शनिबार बेलुकीबाट सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानका डीएसपी गोविन्द थापाका अनुसार सडक अवरुद्ध हुन नदिका लागि डोजर तथा स्काभेटर पहिरो जाने क्षेत्रमा राखिएको छ । पहिरो खस्ने बित्तिकै डोजरले पन्छाउने उनले बताए ।

सडक अवरुद्ध हुँदा सल्यान, रुकुम , रोल्पाका सर्वसाधारण प्रभावित भएका थिए । पहिरोका कारण पुरिएका गाडीहरु पनि निकालिएको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित : असार ७, २०७८ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?