२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अँध्यारोमा गमगढी बजार

मुगु — अविरल वर्षासँगै गमगाढ खोलामा आएको बाढीले गमगाढ साना जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि सदरमुकाम गमगढी बजार अँध्यारो बनेको छ । बिहीबार दिउँसो जलविद्युत्को नहरको मुहानस्थित इन्टेकमा बाढी पसेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

आयोजनाले गमगढीसहित श्रीनगर, कार्कीबाडा, भामबाडा, पिना, रुघा, थार्प, ताल्चलगायत एक दर्जन गाउँमा विद्युत् सेवा विस्तार गरेको छ । विद्युत् सेवा अवरुद्ध भएपछि सरकारी र गैरसरकारी संघसंस्थाका कामकाज प्रभावित छन् । खोलामा बाढी नरोकिएकाले अझै क्षति बढ्न सक्ने आयोजनाले जनाएको छ । आयोजना प्रमुख दिनेश पौडलका अनुसार आयोजनाको इन्टेक खोल्न कम्तीमा एक साता लाग्ने देखिएको छ ।

उनले निरन्तरको वर्षाले नहरमा पसेको ढुंगामाटो र बालुवा पन्छाउन समस्या भएको बताए । आयोजनाले ४ सय किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो ।

प्रकाशित : असार ५, २०७८ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?