कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जुम्लामा पहिरोले १० घर भत्किए

एलपी देवकोटा

जुम्ला — जुम्लाको हिमा गाउँपालिकाको पातरखोलामा पहिरोले १० वटा घर भत्किएका छन् । हिमा गाउँपालिका–६ र ७ मा पहिरोका कारण १० वटा घर भत्किएको गाउँपालिकाले जनाएको छ ।

जुम्लामा पहिरोले १० घर भत्किए

आइतबारदेखिको लगाताको वर्षात्‌का कारण कमजोर भूभाग भएको पातरखोलाको खलढुंगा गाउँका घरहरु पहिरोले भत्किएका हुन् । वर्षात्‌का कारण सिंगो गाउँ नै जोखिमा परेको छ ।

आइतबारबाट निरन्तर वर्षा हुँदा गाउँका ८० घरका स्थानीय पहिरोको त्रासले घर छोडेर पालमुनि बसिरहेका छन् । अधिकांश गाउँले गाई बाख्रा लिएर लेकतिर गएका छन् । गाउँका १० घर भत्किसकेका छन् भने ८० घर पहिरोको जोखिममा परेका छन् ।

वर्षाका कारण खलढुंगास्थित रत्नराज अधिकारी, भक्त अधिकारी, मुनराज अधिकारी, पुन्न अधिकारी, सिंह अधिकारी, नय अधिकारी, दलिवाडास्थित रति दमाई, गज दमाई र डाँडाबाडास्थित सुर्ज शाही, परेक शाहीका घर भत्किएको स्थानीय धर्मेन्द्र अधिकारीले जानकारी दिए ।

त्यस्तै वडा नं –६ स्थित जनता शिव प्राथमिक विद्यालयको फिल्ड र भवनलाई पहिरोले पूर्ण रुपले क्षति पुर्‍याएको छ भने ७ नम्बर वडाको खलढुंगा बालविकास केन्द्रको भवन, शौचालय र खेल मैदान पूर्ण रुपले क्षति भएको छ ।

बस्ती भिरालो ठाउँमा भएकोले गाउँभन्दा तलबाट पहिरो र माथिबाट ढुंगा तथा पहिरोले अझै जनधनको ठूलो क्षति हुन सक्ने हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए । २०७७ सालमै बस्ती स्थानान्तरण गर्ने निर्णय भएको थियो ।

गाउँपालिकाले माथिल्लो निकायमा बस्ती स्थानान्तरणका लागि पठाए पनि कोभिडका कारण कार्यान्वयनमा केही ढिलासुस्ती भएको होला उनले भने, 'हाम्रो निर्णय कायान्वयन हुनेमा हामी विश्वस्त छौं ।'

प्रकाशित : असार ४, २०७८ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?