१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विपद् प्रतिकार्यका लागि कर्णाली सरकारले छुट्ट्यायो १० करोड

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले बाढी–पहिरोजस्ता विपद् प्रतिकार्यका लागि १० करोड बजेट छुट्ट्याउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले विपद् कोषमा तत्काल उक्त रकम छुट्ट्याउने निर्णय गरेको हो ।

विपद् प्रतिकार्यका लागि कर्णाली सरकारले छुट्ट्यायो १० करोड

सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीका अनुसार उक्त रकम विपद्को समयमा आवश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनमा खर्च गरिनेछ ।

बैठकले बाढी–पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने भन्दै मुख्य राजमार्गमा डोजर तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ती सडक खण्डमा सडक डिभिजन कार्यालय र सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समितिको समन्वयमा डोजरहरू राख्ने नेपालीले जानकारी दिइन् । यस्तै, बैठकले बाढी–पहिरोको जोखिममा रहेका बस्तीमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने कामको जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिएको छ ।

प्रदेश सरकारले विपद्को समयमा घटनास्थलमै पुगेर उपचार गर्नका लागि स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी सुम्पिएको छ । मन्त्रालयले सम्बन्धित जिल्ला, स्थानीय तह र प्रदेश अस्पतालसँग समन्वय गरेर स्वास्थ्यकर्मी घटनास्थलमै पठाउनेछ । बैठकले स्वास्थ्यकर्मी व्यवस्थापन र परिचालनको जिम्मा प्रदेश स्वास्थ्य निर्देशनालयलाई दिएको छ ।


प्रकाशित : असार ३, २०७८ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?