१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कर्णालीको नीति तथा कार्यक्रम पारित

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

कर्णालीको नीति तथा कार्यक्रम पारित

मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रमको पक्षमा सदनमा उपस्थित बहुमत सदस्यले मतदान गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले उक्त प्रस्तावको विपक्षमा मतदान गरेपनि बहुमत भने पुगेन ।

प्रस्ताव पेश गर्नुअघि नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समय अभावका कारण व्यापक छलफल चलाउन नसकिएको भन्दै केही नयाँ योजनासहित विगतकै कार्यक्रमलाई निरन्तरता दिएको स्वीकार गरे । विगतकै नीति तथा कार्यक्रमकै निरन्तरता रहेकाले यस वर्ष पनि कोभिड–१९ र त्यसबाट सिर्जित समस्यालाई मध्यनजर गरिएको उनको भनाइ छ ।

प्रदेशसभाको बैठक अपराह्न ४ बजेका लागि स्थगित भएको छ ।

कर्णाली सरकारले आजै आगामी आवको बजेट सार्वजनिक गर्नेछ ।

प्रकाशित : असार १, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?