खोलाले बगाउँदा दार्मामा दुईको मृत्यु

विप्लव महर्जन

सल्यान — केही दिनदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जिल्लाको दार्मा गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान खोला तर्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

ठाडो खोलाले बगाउँदा दार्मा गाउँपालिका ४ रतिमारेका ४० वर्षीय वीरमान बिक र वडा नम्बर ५ गौछेकी २९ वर्षीया गीता खडका रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी गराएको छ ।

वीरमानलाई अर्को गाउँबाट घर फर्कने समयमा स्थानीय खाली खोला र खडकालाई ठूलोखोलाले बगाएको सल्यानका डीएसपी गोविन्द थापाले बताए । घटनास्थलमा फारुलाबाट प्रहरी टोली गएको उनले जानकारी दिए ।

केही दिनदेखि लगातारको वर्षाले दार्मा खोलामा निर्माण गरिएको पक्की पुलमा क्षति पुर्‍याएको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताए ।

प्रकाशित : असार १, २०७८ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?