कर्णालीको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

चाँदनी कठायत

वीरेन्द्रनगर — प्रमुख प्रतिपक्षी नेकपा एमालेले कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको एमाले संसदीय दलको बैठकले मंगलबार नै पारित गर्ने भनिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

कर्णालीको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

प्रदेश सरकारले संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित गरेर कानूनी व्यवस्थाअनुसार मंगलबार नै बजेट सार्वजनिक गर्ने भनेपनि नीति तथा कार्यक्रममै अन्योलता देखिएको छ ।

एमालेले सबै प्रदेशसभा सदस्यलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । संसदीय दलको बैठकमा सर्वोच्चले सांसदमा पुनर्वहाली गरेका चार जना सांसदमध्ये सांसद प्रकाश ज्वाला पनि सहभागी भएका थिए । उनी आजको संसद बैठकमा पनि उपस्थित हुने र प्रतिपक्षीको कक्षमा नै बस्ने बताइएको छ ।

प्रकाशित : असार १, २०७८ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?