पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

तुलाराम पाण्डे

कालीकोट — तीन दिनदेखिको अविरल वर्षापछिको पहिरोले कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकको ठाउँ ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

दैलेखको किटु, कालीकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको हो । केही ठाउँमा सोमबार पहिरो पन्छाए पनि वर्षा नरोकिएकोले पुन: अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

राजमार्ग अवरुद्ध हुँदा कालीकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रोकिएका छन् ।

वर्षा नरोकिएकाले पहिरो पन्छाउन कठिन छ । पहिरोले सडक अवरुद्ध हुँदा बाटोमा सास्ती भएको सुर्खेतबाट जुम्ला जान सोमबार बिहान ५ बजे हिँडेका समाज कल्याण परिषदका सदस्य गोविन्दबहादुर शाहीले बताए । उनका अनुसार ठूलो पहिरो ६/७ ठाउँमा मात्र भए पनि सानो पहिरो ४०/५० ठाउँमा झरेको छ ।

प्रकाशित : असार १, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?