कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

फौजीकिराले मकैबाली सखाप

सल्यान — सिद्धकुमाख गाउँपालिकाका किसानले झन्डै ७ सय रोपनी जग्गामा लगाएको मकैबाली अमेरिकन फौजी र फेदकटुवा किराले सखाप पारेको छ । किराले मकै सखाप पारेपछि झण्डै एक सय किसान परिवार प्रभावित भएका छन् । 

फौजीकिराले मकैबाली सखाप

झण्डै ६ महिना खान पुग्ने अन्नबाली फौजीकिराले नष्ट पारेपछि किसान चिन्तित भएका छन् । फौजीकिराले मकै नष्ट पारेपछि कोसा लाग्न थालेका मकै सुकेको बाझकाँडाका किसान दुर्पत बुढाथोकीले बताए । उनले सात रोपनी क्षेत्रफलमा मकैखेती गरेका छन् । विषादी प्रयोग गरे पनि रोग नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ । ‘आधा मिटरसम्म अग्लो भएका मकै किराले सखाप पार्‍यो,’ उनले भने, ‘अहिले मकैका जरा मात्र बाँकी छन् ।’

अर्का किसान धर्मबहादुर चलाउनेले मकैको कलिलो बिरुवामा किरा लाग्न थालेपछि उत्पादन घट्ने चिन्ता व्यक्त गरे । ‘यो किराले पोहोर साल धानबालीमा असर पार्‍यो, यसपालि मकैमा,’ उनले भने, ‘उत्पादन घटेपछि जीविकोपार्जनमा समस्या हुने देखियो ।’ किरा लागेका बोट उखेलेर खाल्डो खनी गाडे पनि नियन्त्रणमा आउन नसकेको उनको गुनासो छ ।

किराका कारण धमाधम मकैबाली सुकेपछि दोस्रोपटक जोतेर बाली लगाएको मेलबोटकी देवी बुढाथोकीले बताइन् । ‘सुरुमा किरा नदेखिने रहेछ, मकैका बोट सुक्दै गएपछि उखेलेर हेर्दा किराले सखाप पारेको भेटियो,’ उनले भनिन्, ‘फेरि लगाएको मकै पनि क्षति होला भन्ने डर छ ।’ उनले झन्डै ६ रोपनी जग्गामा मकैखेती गरेकी छन् ।


प्रकाशित : जेष्ठ ३०, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?