१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तोकियो एम्बुलेन्स भाडा

हरि गौतम

रुकुम पश्चिम — महँगो भाडा लिइएको गुनासोपछि रुकुम पश्चिमभित्र र बाहिर चल्ने एम्बुलेन्सको भाडादर कायम गरिएको छ ।  एम्बुलेन्स सञ्चालकले मनोमानी रूपमा भाडा लिने गरेको गुनासो आएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डीसीसीएमसी) को सिफारिसमा जिल्ला प्रशासन कार्यालयले भाडादर कायम गरेको हो ।

तोकियो एम्बुलेन्स भाडा

कोरोनाबाहेक अन्य रोग लागेका बिरामीका लागि कच्ची बाटोमा प्रतिकिमि २ सय र पक्की बोटोमा प्रतिकिमि ७५ रुपैयाँ भाडा तोकिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । कोभिड संक्रमित बोक्दा एम्बुलेन्सले २५ प्रतिशत बढी भाडा लिन पाउने गरी निर्णय भएको छ । कोरोना संक्रमित बोक्दा एम्बुलेन्सले कच्ची बोटोमा प्रतिकिमि २ सय २५ र पक्की बाटोमा १ सय रुपैयाँ भाडा लिन पाउने छन् ।

उपयुक्त भाडादर सिफारिस गर्न डीसीसीएमसीले एक समिति गठन गरेको थियो । समितिको सिफारिसका आधारमा प्रशासन कार्यालयले स्वास्थ्य सेवा कार्यालय र मुसीकोट नगरपालिकाबाट देशका विभिन्न ठाउँमा जानका लागि भाडादर तोकेको हो । कच्ची र पक्की गरी दुईथरी बाटोमा फरकफरक भाडादर कायम गरिएको छ । कोरोना संक्रमित र अन्य बिरामीका लागि पनि छुट्टाछुट्टै भाडा तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अब एम्बुलेन्सले मुसीकोटबाट चौरजहारीका लागि अन्य बिरामी बोके ७ हजार र कोरोना संक्रमित पुर्‍याए ९ हजार तथा रुकुमपूर्वका लागि अन्य बिरामी बोके ६ हजार र कोरोना संक्रमित बोके ७ हजार ५ सय रुपैयाँ भाडा लिनेछन् । सल्यानका लागि अन्य बिरामी बोक्दा ८ हजार र कोरोना संक्रमितलाई लैजाँदा १० हजार रुपैयाँ भाडा तोकएको छ । मुसीकोटबाट सुर्खेतका लागि अन्य बिरामी बोके १५ हजार र कोभिडका बिरामी बोके १९ हजार भाडा लिन पाउने व्यवस्था मिलाइएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?