कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयुर्वेद अस्पतालका डाक्टरमाथि हातपात

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका डाक्टरहरुमाथि हातपात भएको प्रहरीले जनाएको छ । बिहीबार साँझ करिब सवा ६ बजेतिर घर फर्किनका लागि मोटरसाईकलमा सवार ३ जना डाक्टरमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । 

उनका अनुसार अस्पतालका ईन्चार्ज डा. शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि युवाहरुको समूहले हातपात गरेको हो । हातपातबाट उनीहरु सामान्य घाईते भएको पनि प्रहरीले बताएको छ ।

हातपात गर्ने ३ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगरको भैरवस्थानका १६ वर्षिय, कोलडाँडाका १७ वर्षिय र वीरेन्द्रनगर–४ का १६ वर्षिय युवक रहेको डिएसपी घर्तीले जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानबाट मादक पदार्थ सेवन गरेर अनियन्त्रित भएको देखिन्छ,’ उनले भने, ‘एक्कासी के कारणले हातपात गरे भन्ने केही खास कारण भएमा थप अनुसन्धानबाट खुल्छ ।’

प्रकाशित : जेष्ठ २७, २०७८ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?