१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दैलेखमा जिप दुर्घटना : २ जनाको मृत्यु

ज्योति कटुवाल

दैलेख — कर्णाली राजमार्गअन्तर्गत दुल्लु नगरपालिका–३ स्यालामा जिप दुर्गटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान ६ बजे जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बरको जिप सडकभन्दा झन्डै पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनमा गुठिचौर गाउँपालिका ४ का ३८ वर्षीय जिप चालक रामहरि न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक इन्द्रजित सुनारले बताए ।

प्रहरी निरीक्षक सुनारले घटनाको प्रारम्भिक अनुसन्धान कार्य सुरु गरेको बताए ।

प्रकाशित : जेष्ठ ४, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?