१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

अस्पताललाई अक्सिजन सिलिन्डर

सल्यान — कोरोना संक्रमितको उपचार सहज बनाउन जिल्ला अस्पताललाई अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री प्रदान गरिएको छ । स्थानीय राजेन्द्रवीर राई र सेल्फ हेल्प अभियानले अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । 

अस्पताललाई अक्सिजन सिलिन्डर

अस्पतालका अनुसार अभियानले झन्डै ४ लाख ४० हजार रुपैयाँको २० थान अक्सिजन सिलिन्डर प्रदान गरेको छ । राईले १० हजार थान सर्जिकल मास्क, १ हजार जोडी पन्जा, २० थान अक्सिमिटर, १० थान थर्मल गन, २० थान डिजिटल थर्मोमिटर, २० लिटर सेनिटाइजर र ५० थान फेस सिल्ड हस्तान्तरण गरेको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक दशरथ श्रेष्ठ र जिल्ला अस्पतालका डा. भीमकान्त जैसीलाई सामग्री हस्तान्तरण गरिएको हो । अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि स्थानीय युवाले ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान सुरु गरेका थिए । अभियानबाट संकलन भएको रकमले अस्पताललाई सिलिन्डर दिएको अभियन्ता आशिष केसीले बताए ।


प्रकाशित : जेष्ठ ४, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?