कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सल्यानमा एकै दिन ३ संक्रमितको मृत्यु

सल्यान — कोरोना संक्रमणका कारण जिल्लामा एकै दिन ३ संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका दुई र जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमितको शुक्रबार मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार छत्रेश्वरी गाउँपालिका–६ की ७६ वर्षीया महिला र ७ नम्बर वडाका ५० वर्षीय संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको थियो । जिल्ला अस्पतालको आइसोलेसनमा बाग्चौर नगरपालिका–४ की ६३ वर्षीया संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । श्वासप्रश्वासमा देखिएको समस्याका कारण उनीहरूको मृत्यु भएको कार्यालयका सूचना अधिकारी थलराज डीसीले बताए । शुक्रबारसम्म कोरोनाका कारण २५ जनाको मृत्यु भएको छ ।

सल्यानमा कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ । त्यसमध्ये ५ सय २७ सक्रिय संक्रमित छन् । झन्डै ५ सय संक्रमितको होम आइसोलेसनमा उपचार भइरहेको डीसीले बताए । वैशाखयता २ सय जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?