कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चट्याङले १० घरमा क्षति

सल्यान — आइतबार राति परेको चट्याङले जिल्लाका विभिन्न ठाउँका १० घरमा क्षति पुर्‍याएको छ । चट्याङका कारण ४ पशुचौपाया मरेका छन् । 

चट्याङले १० घरमा क्षति

जिल्ला प्रहरीका अनुसार शारदा नगरपालिका–१२ तिमिलेमा ध्रुवी बोहराको ३ तले घर चट्याङले आगलागी भएर पूर्ण रूपमा क्षति भएको छ । घरमा जडित सौर्यऊर्जाको ब्याट्रीमा चट्याङ परेपछि आगलागी भएको थियो । घर क्षति भएपछि बोहराको परिवार आफन्तको घरमा छन् ।

त्यस्तै, छत्रेश्वरी गाउँपालिका–४ तारुपरेका ताराप्रसाद खत्री, अमर केसी, मेघराज केसी, छविलाल कामीको घरमा क्षति पुर्‍याएको छ । अन्य ५ घर चर्केका छन् । चट्याङबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । आइतबार राति पटकपटक परेको चट्याङले ती घरमा क्षति पुगेको थियो ।


प्रकाशित : वैशाख २८, २०७८ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?