कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला अस्पताल एम्बुलेन्सविहीन

सल्यान — जिल्ला अस्पताल दुई वर्षदेखि एम्बुलेन्सविहीन बनेको छ । एम्बुलेन्स मर्मत नहुँदा अस्पताल एम्बुलेन्सविहीन बनेको हो । एम्बुलेन्स अस्पताल परिसरमै थन्किएको छ ।

जिल्ला अस्पताल एम्बुलेन्सविहीन

अस्पतालले एम्बुलेन्स मर्मत र नयाँ खरिदमा चासो नदेखाएपछि बिरामी सास्ती भोग्न बाध्य छन् । अस्पतालले रेफर गरेका र अस्पतालमा उपचारका लागि आउनुपर्ने बिरामीले महँगो मूल्यमा निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।

एम्बुलेन्स नहुँदा बिरामीले समयमै उपचार नपाउने समस्या रहेको स्थानीय कमल शर्माले बताए । ‘कोही आफन्त बिरामी भए एम्बुलेन्सका लागि धेरै ठाउँ चहार्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अस्पतालकै एम्बुलेन्स भए बिरामीको उपचार सहज हुन्थ्यो, सस्तो दरमा एम्बुलेन्स प्रयोग गर्न पाइन्थ्यो ।’ उनले निजी एम्बुलेन्सले मनपरी भाडा लिने गरेको गुनासो गरे । एम्बुलेन्स नपाइँदा आफन्तको उपचारका लागि निजी गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ ।

एम्बुलेन्स नहुँदा जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भएका कोरोना संक्रमितलाई जिल्ला बाहिर लैजान समस्या छ । जिल्ला अस्पतालमा भेन्टिलेटर र अक्सिजन सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता छ । बिग्रिएको एम्बुलेन्स मर्मत गर्नभन्दा नयाँ किन्न सस्तो पर्ने भएकाले मर्मत नगरिएको जिल्ला स्वास्थ्य सेवा प्रमुख दशरथ श्रेष्ठले बताए ।

प्रकाशित : वैशाख २७, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?