३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सल्यानमा होम आइसोलेसनमा बसेका दुई जना संक्रमितको मृत्यु

विप्लव महर्जन

सल्यान — कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेका सल्यानका दुई जना महिलाको आइतबार मृत्यु भएको छ ।

कपुरकोट गाउँपालिका–३ की ४० वर्षीया र सिद्धकुमाख गाउँपालिका–२ की ४१ वर्षीया महिलाको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीका अनुसार दुवै महिला सामान्य अवस्थामा भएकाले केही दिन अघिदेखि मात्र होम आइसोलेसनमा बसेका थिए । कपुरकोटकी महिलाको वैशाख १७ गते र सिद्धकुमाखकी महिलाको २१ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

अहिलेसम्म सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको र होम आइसोलेसनमा बस्ने क्रममा मृत्यु हुनेको संख्या भने ३ जना पुगेको सूचना अधिकारी डिसीले जानकारी गराए । कोरोनाबाट १६ जनाको मृत्यु भएकोमा जिल्लाभित्र १२ र बाहिर चार जनाको कोरोनाबाट मृत्यु भएको उनको भनाइ छ । जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको झन्डै ५ सय पुगेको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?