कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा थप दुई संक्रमितको मृत्यु

विप्लव महर्जन

सल्यान — कोरोनाबाट सल्यानमा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारका क्रममा बागचौर नगरपालिका–२ चिल्ढालेकी ५२ वर्षीया महिला र शारदा नगरपालिका–१ श्रीनगरका ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सल्यानमा थप दुई संक्रमितको मृत्यु

ती महिलालाई टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएपछि मंगलबार दिउँसो जिल्ला अस्पताल सल्यान ल्याइएको थियो । उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएकी उनको उपचारकै क्रममा बुधबार बिहान करिब ८ बजे मृत्यु भएको अस्पताल प्रमुख डा. भीमकान्त जैसीले बताए । उनका अनुसार १६ गते भर्ना गरिएका शारदा नगरपालिका–१ का ७४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमितबाट मर्नेको संख्या ११ पुगेको छ । आठ जनाको जिल्लाभित्रै र तीन जनाको बाहिर मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डा. जैसीका अनुसार मंगलबार प्रदेश सरकारले ११ वटा अक्सिजन सिलिन्डर पठाएपछि संक्रमितको उपचारमा केही सहज भएको छ । जिल्लामा बुधबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३ सय ४६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन रिखाराम पुनले बताए ।

प्रकाशित : वैशाख २२, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?