१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सोलार ब्याट्री पड्केर आगो लाग्दा दुई घर जले

विप्लव महर्जन

सल्यान — सोलार ब्याट्री पड्केर आगो लाग्दा दार्मा गाउँपालिका–३ धुलखर्कस्थित मगरखोलामा दुई घर जलेका छन् । स्थानीय चन्द्रबहादुर रोकाय र दुर्गाबहादुर रोकायका घर जलेका हुन् । 

सोलार ब्याट्री पड्केर आगो लाग्दा दुई घर जले

आगलागीका कारण घरमा भएका लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, नगद तथा सुनका गहना नष्ट भएको इलाका प्रहरी कार्यालय दार्माका इन्चार्ज तेजबहादुर बुढाले बताए । उनका अनुसार घर जलेपछि दुवै परिवार अहिले छिमेकीको घरमा आश्रय लिइरहेका छन् । ब्याट्री पड्किनुको कारण भने खुल्न नसकेको उनले बताए ।

दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले आगलागीपीडितलाई छिमेकीको घरमा बस्ने र खाने व्यवस्था मिलाइएको जनाउँदै छिट्टै राहत वितरण गरिने बताए । स्थानीयको सहयोगमा लामो समयपछि आगो नियन्त्रणमा लिइएको उनले जानकारी गराए ।

प्रकाशित : वैशाख २१, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?