कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भेरीमा नुहाउने क्रममा एक बेपत्ता

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका १ देवस्थल नजिकैको भेरी नदीमा नुहाउने क्रममा एक युवा बेपत्ता भएका छन् । रोल्पा रुन्टिगडी गाउँपालिका ६ घर भएका १९ वर्षीय अर्जुन बुढा शनिबार दिउँसो १२.३० बजेतिर डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता बुढाको स्थानीयको संक्रियतामा इलाका प्रहरी कार्यालय सल्लीबजारको प्रहरी टोलीले खाजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए ।

बेपत्ता बुढा केही महिना सल्लीबजार नजिकै भेरीको किनारमा सञ्चालित लिफ्ट खानेपानी योजनाको काम गर्न आएका थिए ।

प्रकाशित : वैशाख १८, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?