कर्णाली सरकारले १० वटा एम्बुलेन्स भाडामा लिने

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढ्दै गएको भन्दै प्रदेश सरकारले एम्बुलेन्स भाडामा लिने र हिमाली जिल्लाहरुमा हेलिकप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो । बिहीबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

कर्णाली सरकारले १० वटा एम्बुलेन्स भाडामा लिने

प्रदेशभित्र सञ्चालन हुने एम्बुलेन्सले सेवा दिने स्थल र सेवा प्रदायक संस्था छनोट प्रक्रिया निर्धारण गरी जिपीएसमार्फत एम्बुलेन्स सेवा व्यवस्थापन प्रणालीको एप्स सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, कोरोना नियन्त्रण तथा उपचारका लागि विषम् परिस्थितिअनुरुप आवश्यक स्वास्थ्य सामग्रीहरु खरिद गर्न स्वीकृति लिनका लागि सामाजिक विकास मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने भएको छ । कोरोना नियन्त्रणका लागि आवश्यक जनशक्ति, बजेट तथा ठोस योजना बनाई अर्को वैठकमा मन्त्रालयले पेश गर्ने निर्णय भएको मुख्मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


प्रदेश सरकारले प्रदेशभर रहेको कोरोना विशेष अस्पतालका लागि २४ सै घण्टा विद्युत् आपुर्तिको व्यवस्था पनि मिलाउनेछ साथै, कोभिड आइसोलेसनका लागि आवश्यकताअनुसार निजी क्षेत्रका होटलहरुलाई सुरक्षा मापदण्डसहित उपयोग गर्ने निर्णय बैठकले गरेको छ । स्थानीय तहहरुलाई कोरोना व्यवस्थापनमा सहयोग गर्ने र पालिकामा पठाइएको रकमको प्रगति विवरण पनि बुझ्ने निर्णय भएको छ ।

प्रकाशित : वैशाख ९, २०७८ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?