२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

घरमा आगलागी हुँदा जलेर एकको मृत्यु

विप्लव महर्जन

सल्यान — घरमा लागेको आगोले जलेर शारदा नगरपालिका–१० मधनामा एक व्यक्तिको मृत्यु भएको छ । मंगलबार राति घरमा आगो सल्कँदा २८ वर्षीय रामबहादुर सुनारको मृत्यु भएको हो । 

घरमा सुतिरहेका सुनारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए । उनका अनुसार सुनारको घरमा बिजुली बत्ती नभएको र सल्लेझर्को बाल्नुपर्ने बाध्यता रहेकाले त्यसैबाट आगो सल्किएको अनुमान गरिएको छ ।

घरमा बाबुछोरा मात्र रहेकामा मंगलबार राति बाबु आफन्तकहाँ सुत्न गएकाले जोगिएको थापाले जानकारी दिए । ‘घटनाको थप अनुसन्धान भइरहेको छ,’ उनले भने । घरमा आगलागी हुँदा जिल्लामा यस वर्ष दुई जनाको ज्यान गइसकेको थापाले बताए ।

यस्तै शारदा नगरपालिका–११ स्थित खैराबाङनजिकैको वनमा लागेको डढेलोका कारण शारदा नगरपालिका–११ खैराबाङका वडाध्यक्ष रामसिं बुढाथोकी र स्थानीय जितबहादुर बुढाथोकीको गोठ जलेर नष्ट भएको छ । लगातार दुई दिनदेखि वनमा लागेको डढेलो नियन्त्रणभन्दा बाहिर गएपछि त्यहाँबाट उडेको झिलिंगोले भेटाउँदा वडाध्यक्ष बुढाथोकीको घर जलेको हो ।

घर र गोठमा भएका सम्पूर्ण सामग्री जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।


प्रकाशित : वैशाख ८, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?