१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नक्कली प्रमाण पत्र पेस गरेको आरोपमा डाक्टर पक्राउ

हरि गौतम

रुकुम पश्चिम — शैक्षिक योग्यताका नक्कली प्रमाण पत्र पेश गरेर काम गरिरहेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् । चौरजारी नगरपालिका–१, स्थित चौरजहारी अस्पतालमा कार्यकरत डाक्टर दिपेन्द्र गौतमलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले आइतबार दिउँसो अस्पतालबाटै पक्राउ गरेको हो ।

नक्कली प्रमाण पत्र पेस गरेको आरोपमा डाक्टर पक्राउ

मनाङको चामे गाउँपालिका–९, का ३१ वर्षीय गौतमविरुद्ध नक्कली प्रमाण पत्रका बारेमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको थियो । उनलाई एसएलसीको प्रमाण पत्र किर्ते रहेको अभियोग लागेको छ । सोही मुद्दाका आधारमा काठमाडौं जिल्ला अदालतको आदेशले गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताए ।

डाक्टर गौतम केही समयदेखि चौरजहारी अस्पतालमा कार्यरत थिए ।

प्रकाशित : वैशाख ५, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?