कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विद्यार्थीमा कोरोना देखिएपछि सल्यानको त्रिभुवन जनता मावि एक साता बन्द

विप्लव महर्जन

सल्यान — एक छात्रालाई कोरोना पोजेटिभ देखिएपछि शारदा नगरपालिका-८ मार्के स्थित त्रिभुवन जनता मावि एक साताका लागि बन्द गरिएको छ । अन्य विद्यार्थीहरु जोखिममा पर्न नदिन आइतबारदेखि विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीमा कोरोना देखिएपछि सल्यानको त्रिभुवन जनता मावि एक साता बन्द

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सूचना प्रकाशन गरेर विद्यालय सात दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दलबहादुर विकले बताए । धेरै विद्यार्थी तथा शिक्षक रुघाखोकीबाट ग्रसित भएपछि पीसीआर परीक्षण गराउँदा कक्षा १० मा पढने एक छात्रालाई कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए । संक्रमित छात्रालाई स्वास्थ्य कार्यालय सल्यानले जिल्ला अस्पतालमा सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ ।

कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा ६ सय ५० विद्यार्थी अध्ययनरत रहेका उनको भनाइ छ ।

सबैको स्वास्थ्य सुरक्षाको लागि विद्यालय बन्द गराउनु परेको नगरपालिकाका शिक्षा संयोजक लिलाधर बबालले बताए । जिल्लाका विभिन्न स्थानमा कोरोना देखिन थालेपछि अनिवार्य रुपमा मास्क लगाएर विद्यालय जान तथा अन्य सुरक्षा सावधानी अपनाउन उनले आग्रह गरेका छन ।

स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जिल्लाका विभिन्न स्थानमा चार जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरुको आइसोलेसनमा राखेर उपचार गराइरहेको जानकारी दिए । अहिले एक जना बाहेक अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ५, २०७८ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?