१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रुकुम पश्‍चिममा सडक खन्‍ने क्रममा पुरिएर एकको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिकामा सडक खन्दा पुरिएर एक जनाको मृत्यु भएको छ । ७ नम्बर वडाको झाँक्रीपानीमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक खन्ने क्रममा माथीबाट ढिस्को खस्दा स्थानीय ४८ वर्षीय रणे ओलीको मृत्यृ भएको प्रहरीले जनाएको छ । मृतक ओलीसहित ९ जना सडक खनिरहेका थिए ।

त्यसमध्ये ८ जनाले भागेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए । उनका अनुसार ढुंगा र माटोली पुरिएका ओलीको भने घटनास्थलमै मृत्यु भएको हो ।

यसअघि सडक खन्ने क्रममा खसेको ढुंगा लागेर सोही गाउँपालिका–५ मा बाख्रा गोठालाको मृत्यु भएको थियो ।

प्रकाशित : वैशाख ४, २०७८ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?