कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

कर्णालीमा कांग्रेस अझै अनिर्णीत

केन्द्रको निर्णयको प्रतीक्षामा संसदीय दलको बैठक स्थगित
कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा नेपाली कांग्रेस अझै अनिर्णीत छ । शुक्रबार बिहान ८ बजेदेखि बैठक बसे पनि ठोस निर्णय हुन नसकेको संसदीय दलका सचेतक दीनबन्धु श्रेष्ठले बताए ।

कर्णालीमा कांग्रेस अझै अनिर्णीत

‘हामी बिहानैदेखि बैठक बसेका थियौं, तर केन्द्रबाट कुनै निर्देशन आएको छैन,’ उनले भने, ‘त्यसैले केन्द्रको निर्देशन आएपछि फेरि बस्ने गरेर बैठक स्थगित गरेका छौं ।’ कर्णाली प्रदेशमा सरकारलाई विश्वासको मत दिने कि नदिने भन्नेबारेमा केन्द्रीय नेताहरु छलफलमा रहेका उनले बताए ।

एक महिनाअघि सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार दिउँसो विश्वासको मत लिँदैछन् । संसदमा कांग्रेसको ६ मत रहेको छ । कांग्रेस र एमालेको माधव नेपाल समूहका सांसदको समर्थनसहित सरकार जोगाउने अन्तिम प्रयासमा मुख्यमन्त्री शाही रहेका छन् । प्रदेशसभामा विश्वासको मत लिनको लागि २० सांसदको आवश्यकता पर्दछ । हाल ३९ सदस्य रहेको प्रदेशसभामा एमालेका १९ (सभामुख छोडेर), माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

प्रदेशसभामा १ सिट रहेको राप्रपाले पनि कुनै निर्णय लिइसकेको छैन । राप्रपा नेता धनबहादुर बुढाले परिस्थिति तटस्थ बस्नेतर्फ अगाडि बढको बताए ।

सम्बन्धित समाचार

आज कर्णालीका मुख्यमन्त्रीले विश्‍वासको मत लिँदै

प्रकाशित : वैशाख ३, २०७८ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?