कुपिण्डे तालमा डुंगा दुर्घटना, यात्रुको सकुशल उद्धार 

विप्लव महर्जन

सल्यान — जिल्लाको प्रमुख पर्यटकीयस्थल कुपिण्डे तालमा बुधबार दिउँसो १ बजेतिर डुंगा दुर्घटना भएको छ । किनारबाट करिब २ सय मिटर पर पुगेपछि पुरानो सात जना आन्तरिक पर्यटक सवार डुंगाको तल्नो भागको काठ उप्किएपछि पानी भरिँदा दुर्घटनामा भएको हो ।

कुपिण्डे तालमा डुंगा दुर्घटना, यात्रुको सकुशल उद्धार 

डुंगामा दाङ र सुर्खेतबाट नयाँ वर्षको अवसरमा घुमघाम आएका पुरुष तथा महिला रहेका थिए । उनीहरु सबैले लाईफ ज्याकेट लगाएकाले नजिकै रहेको अर्को डुंगा चालकद्वारा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनि अर्जुन पौडेलले बताए ।

ताल अवलोकन गर्न आएका यात्रुलाई सयर गराउन राखिएका डुंगा धेरै पुराना भएकाले संचालनमा ध्यान दिन उनले सबैलाई आग्रह गरेका छन । कुपिण्डेमा अहिले नयाँ र पुराना गरी दुई दर्जन डुंगा संचालनमा ल्याइएको छ । सुर्खेत, दाङ, नेपालगन्ज, जाजरकोटबाट दैनिक ३ सय बढी आन्तरिक पर्यटक ताल अवलोकन गर्न आउने गरेका छन् ।

प्रकाशित : वैशाख १, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?